परिच्छेद— चार
सदस्यता

७ सदस्यहरु को बर्गीकरणः (१) यस संस्थामा देहाय बमोजिम सदस्यहर रहने छन् ।
(क) संस्थापक सदस्य यो संस्था दर्ता हुदाँ विधानमा हस्ताक्षर गर्ने व्यत्ति सस्थापक सदस्य हुनेछन् ।
(ख) साधरण सदस्य यस विधानको दफा ८ बमोजिम योग्यता भई साधारण सदस्यका लागि तोकिएको ढाँचामा दरखास्त दिई कार्यसमितिको निर्णयानुसार संस्थाको साधारण सदस्य हुनेछन् ।
(ग) आजीवन सदस्यः
सस्थाको विकासको लागि विशेष सहयोग तथा योगदान पुयाउने व्यक्तिहरुलाई तोकिएको प्रकृया अन्र्तगत आजीवन सदस्यता प्रदान गरिनेछ ।
(घ) मानार्थ सदश्य संस्थाको उद्देश्य एंव सामाजिक हित कल्याणमा र कानुनी चिकित्साको क्षेत्रमा विषेश योगदान पु–याउने कुनै पनि व्यक्ति वा संस्थालाई कार्य समितिको निर्णय अनुसार संस्थाको मानार्थ सदस्यता प्रदान गर्न सकिनेछ ।
२ उपदफा (१) को खण्ड (ग) बमोजिम आजिवन सदस्यलाई एक पटक मात्र तोकिए बमोजिम सदस्यता शुल्क लाग्नेछ ।

८.सदस्यता प्राप्तिका लागि चाहिने योग्यताः
कम्तिमा चिकित्सा तथा दन्त चिकित्सा शास्त्रमा स्नातक भइ नेपाल मेडिकल काउन्सीलमा दर्ता भएका, तल उल्लेखित एक वा बढी विषयमा अध्ययन गरी प्रमाणपत्र प्राप्त गरी वा कम्तीमा उल्लेखित बिषयमा एकमहिना भन्दा बढिको राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरमा मान्यता प्राप्त शिक्षण संस्थाबाट तालिम लिई प्रमाणपत्र प्राप्त गरेको ब्यक्ती लाई मात्र कार्यकारिणी समितिले उचित ठहराई निर्णय गरेमा समाजको साधारण वा आजीवन सदस्यता प्रदान गर्न सक्ने छ ।

  1. Forensic Medicine
  2. Forensic Pathology
  3. Clinical Forensic Medicine
  4. Forensic Anthropology
  5. Forensic Odontology
  6. Forensic Psychiatry
  7. Forensic Toxicology
  8. Forensic Genetics
  9. Forensic Entomology
  10. Forensic Osteology
  11. Forensic Radiology
  12. Forensic Photography

मथि उल्लेखित शर्त पुरा गरेका व्यक्ति भएपनि यस संस्थाको सदस्यताको लागि देहाय बमोजिमको योग्यता पुगेको हुन पर्नेछ:

(क) नेपाली नागरिक भएको,

(ख) १६ बर्ष उमेर पुरा भएको,

(ग) मानसिक सन्तुलन नगुमाएको,

(घ) सार्वजनिक सम्पति हिनामिना गरेको नठहरिएको र

(ङ) कुनै अड्डा अदालतबाट नैतिक पतन देखिने फैज्दारी अभियोगमा सजाय नपाएको ।

९ सदस्यताको समाप्ति:
(१) देहायको अवस्थामा यस संस्थाको सदस्यता समाप्त हुनेछ:
(क) मुत्यू भएमा ।
(ख) राजिनामा दिई स्विकृत भएमा ।
(ग) साधारण सभाको बहुमतले अविश्वासको प्रस्ताव पारित गरी सदस्यबाट हटाएमा ।
(घ) कुनै फौज्दारी अभियोगमा अदालतबाट दोषी प्रमाणित भएमा ।
(ङ) संस्थाको हित विपरीत कुनै कार्य गरेको छ भन्ने कार्यसमितिको निर्णयलाई साधारण सभाल अनुमोदन गरेमा र
(च) सदस्यता नवीकरण नगरेमा ।
२ उपदफा (१) को खण्ड (ग) र (ङ) मा जुनसुकै कुरा लेखिएको भएता पनि संस्थाको सदस्यता समाप्त गर्नु अघि त्यस्तो सदस्यलाई पूर्वसूचना दिई सफाईको सवुद पेश गर्ने मौका बाट वञ्चित गरिने छैन ।

१० सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि:
(१) देहायका सदस्यलाई देहाय बमोजिमको सदस्यता शुल्क लाग्नेछ:

क) मानार्थ सदस्यः फोरेन्सिक्mको क्षेत्रमा लामो समयसम्म सक्रिय योगदान पु–्याउने कुनै लब्धप्रतिष्ठित स्वदेशी वा विदेशी विशेषज्ञ वा समाजको विकासमा बिशेष सहयोग पु–्याउने स्वदेशी वा विदेशी ब्यक्ति मध्ये कार्यसमितिले उचित ठहयाएको ब्यक्तिलाई समाजको मानार्थ सदस्यता प्रदान गर्न सक्ने छ । यस्तो सदस्य संग कुनै शुल्क लिइने छैन ।

ख) आजीवन सदस्यः धारा ८ को योग्यता पुगेको र पहिलो पटकको लागि यो संस्था दर्ता गराउन निवेदन गर्ने संस्थापक सदस्यहरु मध्ये कुनै एक जना आजीवन सदस्यले सिफारिस गरेको ब्यक्ति लाई समितिले उचित ठहर गरेको र एकमुष्ठ रु. ७५००।– शुल्क बुझाउने ब्यक्तिलाई समाजको आजिवन सदस्यता प्रदान गर्न सकिने छ ।

ग) साधारण सदस्यः धारा ८ को योग्यता पुगेको, यो संस्था दर्ता गराउन निवेदन गर्ने संस्थापक सदस्यहरु मध्ये कुनै एक जनाले सिफारिस गरेको ब्यक्तिलाई वा संस्थाको कुनै आजिवन सदस्यले सिफारिस गरेको ब्यक्तिलाई समितिले उचित ठहर गरेमा वार्षिक रु.१०००।– शुल्क बुझाउने गरी समाजको साधारण सदस्यता प्रदान गर्न सकिने छ ।

(२) यस विधान बमोजिम संस्थाको सदस्यताको लागि आवेदन गर्ने व्यक्ति वा संस्थालाई सदस्यता दिने वा नदिने सम्बन्धी अभिलेख छुट्टा छुट्टै पुस्तिकामा राखिने छ ।