मिति २०७२ फागुन १२ मा पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दी जिल्लाको विकट स्थानमा दुर्घटनामा प¥यो । चालकदलका ३ सदस्य सहित २३ जना यात्रुहरूको मृत्यु भयो । मृत लासहरू छोटो समयमै फेला परे र तीन मृतकको घटनास्थलमै सनाखत गरी आवश्यक documentation बिना नै त्यहीँबाट आफन्तलाई जिम्मा लगाइयो । बाँकी २० जनाका भनिएका शवहरू पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याइयो । उक्त अस्पतालमा केही समयको छानवीन पछि अन्य नौ जना मृतकका आफन्तले शव बुझेर लगे । बाँकी रहेका ११ वटा शव पहिचान गर्न नसकिएको भनी दुर्घटनाको भोलीपल्ट र पर्सीपल्ट काठमाण्डौ पठाइयो ।

काठमाण्डौको महाराजगंज स्थित फरेन्सिक मेडिसिन विभागले  २०७२ फागुन १५ – १७ सम्म जाँच गरी आठ जनाको शव आफन्तलाई बुझाउन सफल भयो । यस विभागले हाल सम्म दर्जनौं हवाई दुर्घटनाको अनुसन्धानमा सहभागिता जनाईआएकोमा सधै चिकित्सकीय अनुसन्धान सफलताका साथ सम्पन्न गरिरहेको थियो तर यस पटकको अनुसन्धानमा एउटा हुन नसक्ने तथ्य उजागर हुन पुग्यो । त्यो के भने २३ जना व्यक्ति मध्ये पहिलो क्रममा नै पहिचान हुनु पर्ने एक व्यक्तिको शवको पहिचान कहिल्यै पनि नहुने भयो र एउटा लास सधंै वेवारिसे अवस्थामा रहन पुग्यो । हवाई दुर्घटनामा मृत्युहुनेहरूको सनाखत Identification गर्दा सामान्य व्यक्तिगत सुचनाहरू हरेक मृतकका आफन्तवाट Ante-mortem Data को रूपमा संकलन गरी मृत शरीरवाट पाईएका सूचना वा Post – Mortem Data संग तुलना गर्दै सुरु गरिन्छ । यसको विश्लेषण अत्यन्त सूक्ष्म तवरले हुन्छ र धेरै व्यक्तिका लासहरू लाई टुक्राटुक्रा भएको अवस्थामा पनि यसै प्रविधिवाट पहिचान गर्न सकिन्छ । यदि यसले पनि सम्भव नभएमा अन्य तरीकाहरू जस्तो औठा छाप वा DNA जस्ता अलि जटिल प्रविधिको सहारा लिनु पर्ने हुन्छ ।

पोखराबाट पठाईएका ११ वटा शव प्रायशः टुक्रिएका र जलेका समेत थिए । करिब साढे एक दिनको अध्ययन पश्चात् आठ व्यक्तिहरूको पहिचान माथि भनिएकै Ante – Mortem र Post – Mortem Data हरूको विश्लेषण पश्चात् गर्न सकियो यसमा दाँत सम्बन्धी सूचना र Dental Record को समेत ठूलो भूमिका रह्यो । एक व्यक्तिको सूचनामा केहि समय अगाडि उपचारको क्रममा Spinal Column को हड्डीमा स्टीलको पाता स्क्रुले Fix गरेको धेरै वटा X–Ray Plate नै हामीलार्ई बुझाइएको थियो तर हामीले जाँचेका ११ वटै शवका ढाडका हड्डीमा त्यस्तो केही पाईएन । सबैका ढाडका हड्डीहरूमा चोट परे पनि तिनका कुनै टुक्रा हराएका थिएनन् । हाम्रा हात तथा आँखाले धोका दिए कि भनी सबै शवका उक्त भागको Portable X-Ray झिकाएर X-Ray गरियो तर X-Ray मा पनि कुनै पनि लासको ढाडको हड्डीमा स्टीलको प्लेट पाईएन । बाँकी तीनवटा शवहरुको पहिचान अझ गर्न सकिएन र आफन्तहरूलाई अब म्ल्ब् को लागि नमूना प्रयोगशालामा दिन भन्यौं र सनाखत नभएका ती तीन शवबाट समेत नमूना संकलन गरी पठायौं । करिब तीन हप्ताको समय पश्चात् DNA को प्रतिवेदनले तीन मध्ये दुई शवको पहिचान भयो भने बाँकी एउटा शव सधैको लागि वेवारिसे बन्न पुग्यो । तर सबै भन्दा बिडम्बना र दुःखको कुरा यो भयो कि एउटा व्यक्तिको परिवारले मृत्यु भएका आफन्तको शवको केही कुनै टुक्रा पनि नपाउने भयो । जुन नपाउनुको कारण लास हराएर वा टुक्रा टुक्रा भई विलय भएर होईन । यसको एक मात्र कारण गलत पहिचान गरी एउटाको लास अर्कै भनी जिम्मा लगाउनाले नै हो ।

गलत कार्य कहाँ भयो र कसले ग¥यो भनी सोध्ने अधिकार ती आफन्तलाई छ कि छैन ? जसले लास पाएनन् । यदी यसमा संलग्न अनुसन्धानकर्ता, हवाई प्राधिकरण, गृह मन्त्रालयका केन्द्रीय देखि क्षेत्रीय तथा स्थानीय तहका निकायहरू, क्षेत्रीय अस्पताल पोखरा र यस्तो कार्यमा अगाडी आउने स्थानीय तथा केन्द्रीय तहका राजनीतिक नेता तथा ठूला–बडा भनिने व्यक्तिहरूका आफन्तहरू मर्दा यस्तो अवस्था आएमा के गर्दा हुन् भनी सोधिएको प्रश्नमा ईमान्दारिता साथ आउने उत्तर खोज्ने हो भने पक्कै पनि यसको उत्तरदायित्व कसले लिनु पर्ने भन्ने प्रश्नको उत्तर आउँछ । २१ औं शताब्दीको समयमा पनि पुरातन ढुङ्गेयुगवादी सोच पालेर नेपालको Medico – Legal Sector लाई पहिचानमा नलिने र भएको स्रोत साधनको उचित उपयोग नगर्ने हो भने यस्ता अति दुखदायी र मर्मस्पर्शी घटनाहरुको सिकार नेपाली जनताहरू सधैं भइरहनु पर्दछ ।

Categories: Newsletter

0 Comments

Leave a Reply

%d bloggers like this: